३७६ समाचारहरू

पूर्व

बैंकले पूर्णरुपमा सेवा नदिएको भन्दै पथरी-शनिश्चरे नगर उपप्रमुखको आपत्ति 

- श्रावण १६, २०७६, बिहिबार, पथरी

पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले नगरपालिका भित्र रहेर काम गरिरहेका बैंकहरुले जेष्ठ नागरिक तथा अन्य सेवाग्राहीहरुलाई सेवा सुविधा पुर्णरुपमा नदिएको जन गुनासो आएसँगै आपत्ति जनाएकी छन् । नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई मासिक रुपमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकहरु मार्फत लिन असहज भएको जनगुनासो आउन साथ बुधबार नगरपालिकाको...

२ थान भरुवा बन्दुकसहित २ पक्राउ

- श्रावण ११, २०७६, शनिबार, मोरङ

मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका(५ जहदा...

ज्यान जाने दुई भिडन्त ; भोजपुरमा बिप्लब समुहको गतिबिधि बढ्यो 

- असार २६, २०७६, बिहिबार, भोजपुर

जेठको पहिलो साता भोजपुरको ट्याम्केमयुङ् गाउँपालिका वडा नं १ को जङ्गलमा प्रहरी र विप्लब समुह बिच भएको झडपमा विप्लब समुहका १ कार्यकर्ताको ज्यान गयो । षणनन्द नगरपालिका वडा नं २ का बर्ष ३२ का तिर्थराज घिमिरेको प्रहरीको गोलि लागेपछि उपचारका क्रममा ज्यान गएको थियो । त्यसक्रममा प्रहरीले घटना स्थलकाबाट पार्टी...

मोरङमा भ्यानको ठक्करबाट एकको मृत्यु, २ घाइते

- जेठ २८, २०७६, मंगलबार, मोरङ

मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका–४ बस्ने १२ वर्षीय मोहमद जवार, १८ वर्षीये मोहमद...

२ थान पेस्तोलसहित विराटनगरबाट भारतीय पक्राउ

- जेठ २८, २०७६, मंगलबार, मोरङ

प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियार सहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो । सोमवार राति ८ः४० बजे विराटनगर महानगरपालिका–९ मा रहेको एक होटलमा हतियार सहित बसेको...

सपुत गुमाएको ओखलढुंगाको रामपुर

- जेठ २६, २०७६, आइतबार, ओखलढुंगा

युवराज कटवाल मोबाईल भर्खर भर्खर सबैको पहुँचमा पुग्दै थियो । तर ,मेरो हातमा परेको थिएन । थिएन भनेर दुखेसो पोखेको चाँही होइन । जानकारी मात्र गराएको हुँ । ०६७ सालको माघको अन्तिम साता हुनपर्छ । बेलुकीपख हल्का जाडो हुन्छ नै । मुटु कमाउने नै भन्न मिल्दैन । सुरज कुमार शाह...

अवैध सुर्तीसहित २ पक्राउ

- जेठ २२, २०७६, बुधबार, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका-१० बाँसघारीबाट प्रहरीले मंगलबार अन्दाजी ४ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध सुर्तीसहित २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले को १ ज २६९३ नम्बर बोलेरो पिकअप गाडी चेक गर्ने क्रममा...

प्रदेश सरकार नीति तथा कार्यक्रम तयारीमा जुटेको छ : मुख्यमन्त्री राई

- जेठ १९, २०७६, आइतबार, मोरङ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि संसद्मा पेश गर्ने नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार सञ्चार क्षेत्रमा क्रियाशील विभिन्न सङ्गठनका प्रतिनिधि, अगुवा पत्रकार तथा सञ्चारगृहका प्रतिनिधिहरुसँग रायसुझाव माग गर्दै उनले बजेटलाई सर्वपक्षीय बनाउन र कार्यान्वयनको दिशामा...

ओखलढुंगाको सेप्ली झरना ओझेलमा

- जेठ १८, २०७६, शनिबार, ओखलढुंगा

युवराज कटुवाल (खबरबिट) / जिल्लाको मोलुङ गाउँपालिकास्थित सेप्ली झरना ओझेलमा पर्दै गएको छ । भौगोलिक रुपमा कठिन रहेको सो झरनाको प्रचारप्रसार र मूल्यांकन हुन छाडेको छ । मोलुङ ७ र ८ को सीमामा पर्ने सो झरनामा शितलता र मनमोहक दृश्य प्राप्त गर्न सकिन्छ । सुन्दर तथा पर्यटकीय क्षेत्रको रुपमा समेत...

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।